रातरात पाती र रति खोला दोहन

1188
views

महेन्द्र जिसी
पर्वत, २५, पुस । रतिखोलामा भइरहेको अवैध उत्खननले मोदी गाउँपालिका–६ तिलाहारका बस्ती नै जोखिमा परेको छ । खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले वडाका खोला छेउमा रहेको बस्ती जोखिममा परेको हो ।

मोदी गाउँपालिकाको वडा न ६ र कास्की अन्नपूर्ण गाउँपालिकाकासँग जोडिएको सल्यानको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बस्ती नै जोखिममा पर्ने गरी ढुंगागिट्टीको निकासी हुँदा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । स्थानीय तहले जारी गरेको वोलपत्र वितरीत जन प्रतिनिधिको सहमतीमा अनुमतिविनै नदी उत्खननकेही ठेकेदारले खोला उत्खनन गर्दै आएका छन ।

नदी क्षेत्रमा करिब एक दर्जनजति स्काभेटर र जेसिबीले विनाअनुमतिनै नदी दोहन गरिरहेको पाइएको छ । स्थानीयका अनुसार मध्यरातमा स्काभेटर प्रयोग गरी अबैध उत्खनन् हुने गरेको पाईएको छ ।

दुबैतिर बस्ती भएका कारण वर्षयाममा कुन बेला कुन ठाउँको बस्ती बगरमा परिणत हुने हो एकिन छैन तर नदीमा दोहन कार्य जारी छ ।बस्ती उठीवास हुने डरनदी किनार क्षेत्रका अधिकांश जनप्रतिनिधि आफैँले स्काभेटर भाडामा लिएर अवैध उत्खनन गरिरहेकोसमेत पाइएको हो । जनप्रतिनिधिहरु नै पर्वतमा अबैध रुपमा नदीजन्य बस्तुहरुको तस्करीमा लागेका छन् ।

रतिखोलाको दोहनले थामार्जुङको बस्तीका ३० कुरीया प्रत्येक्ष जोखिममा पर्ने देखिएको छ । प्रहरी चौकीकै नजिक मोदीमा अबैध उत्खनन् हुदाँ समेत प्रहरी वेखबर रहेको स्थानीयहरु बताउँछन् ।उत्खननमा गाउँपालिका अध्यक्षकै संलग्नता जनप्रतिनिधिकै आफन्त मार्फत खोला दोहन बढेको हो । अध्यक्ष प्रेम पौडेलले नै पातीखोलाको दोहनको लागि आफ्नो खेत प्रयोग गर्न क्रसर व्यावसायीलाई दिइएको स्थानीयबासीहरुले जनाएका छन् । स्थानीयहरुका अनुसार अध्यक्ष पौडेलको ज्यामिरेमा रहेको खेतबाटै खोला दोहन कार्य शुरु भईरहेको हो ।