भूकम्प पीडितका लागि ऐलानी जग्गा दिलाईने–प्रचण्ड

537
views

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितका लागि ऐलानी जग्गा दिलाउन पहल गर्ने बताएका छन् । चितवन जिल्ला समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ऐलानी जग्गाको विषयमा क्याबिनेटमा लैजाने र पास गराउने बताएका छन् ।

उनले पुनर्वास, नयाँ बसोबास, ऐलानी जग्गा आदि जस्ता विषयहरु राष्ट्रिय पुनर्निर्माण प्राधीकरणले गर्न नसक्ने भएकोले क्याबिनेटमा लैजाने र पास गराउने बताएका थिए । यो कुरा संवेदनशील र गम्भीर भएको भन्दै उनले दुईतिहाई सरकारको पालामा यी सबै पास गराउने आश्वासन पनि दिएका छन् ।

आजसम्म पहिलो र दोस्रो चरणका भनी अघि सारिएका पुनर्निर्माणका कामका लागि विदशीको अनुदान र ऋणसहयोग पनि सकिएकाले दाहालको सरकार नयाँ वस्ती र नयाँ माटो बिक्रिका लागि देश दौडाहमा उत्रिएको छ ।