सिताराम थापा
बागलुङ, २६, पुस । ताराखोला गाउँपालिका–४ तारा गाउँमा आगालागीबाट मृत्यु भएका तीनजना बालबालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले अनुगमन गरि राहात वितरण गरेको छ ।हृदयबिदारक तीन जना ज्यान गुमाएका बालबालिकाहरुको शवको हिजो गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा पोष्टमार्टम गरी तारामा ल्याएर दाहसंस्कार गरिएको थियो ।
दाहसंस्कार कार्यक्रममा मृतकका परिवार, स्थानीयबासीका साथै जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मी, ईलाका प्रहरी कार्यालयहरु हरिचौर र ताराखोलाको प्रहरी सहायक निरीक्षकहरु समेतले मृतकहरु प्रति श्रद्धान्जली अर्पण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी खरेल नेतृत्वको टोली मृतक तीन बालबालिकाहरुका परिवारलाई राहात वितरणार्थ ताराखोला पुगेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
हिँजो मृतक बालबालिकाहरु विद्यालयबाट छुटेपछी घरफर्कने क्रममा सलाईले ठाउँठाउँमा आगो बाल्दै हिँडेको र घटना स्थल गोठको माथिल्लो तलामा रहेको घाँसपात आगो बाल्दा आगो सल्केर तीनैजना बालबालिकाको आगलागीमा परी मृत्यु भएको स्थानीयले बासिन्दाले बताएका छन् ।
६ वर्ष मुनीका तीन जना बालबालिकाहरुको आगलागीबाट भएको मृत्युको हृदयविदारक घटनाले पुरा ताराखोला शोक मग्न भएको छ । यस दर्दनाक अग्निकाण्डमा ज्यान गुमाउने बालबालिकाहरुमा स्थानीय रुद्रबहादुर रोकाका ६ वर्षिय छोरा रतिस रोका तथा स्थानीय डिलबहादुर घर्तीका ६ वर्षिया छोरी ऋतु र ४ वर्षिय छोरा आयुस घर्ती रहेका थिए ।
जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रजिअ खरेलले ताराखोला(४ वडाध्यक्ष जीतबहादुर खत्री लगायतको सहभागितामा मृतक बालबालिकाहरुको घरमै पुगेर उनिहरुका अभिभावकहरुलाई जनही रु १ लाखका दरले रु ३ लाख रुपयाँ राहत रकम वितरण गरेको ताराखोला गाउपालिकाले जनाएको छ ।
उक्त अवसरमा आगलागीबाट क्षेती पुगेको गोठ धनीलाई रु ८ हजार राहत रकम प्रदान गरिएको थियो। समयमै प्रहरी प्रशासन कार्यालय बाट उद्दार र राहात दिने काम सकरात्मक भएको साकाजिक अभियान्ता सिताराम थापाको बसझाई रहेको छ ।