चिसोबाट बच्न चेपाङ बालबालिकालाई कपडा

835
views

सिताराम थापा
बागलुङ, २६, पौष । चिसोका कारण समस्या खेपिरहेका दक्षिणी धादिङ चोतेसका चेपाङ्ग बालबालिकाहरुलाई राहत स्वरुप तत्ता कपडा वितरण गरिएको छ । विषेश गरी बालबालिकाहरु चिसो मौसममा न्यानो कपडा नभएका कारण बिरामी पर्न थालेको भन्दै विभिन्न संचार माध्यामहरुमा प्रशारण भएपछि सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशिल मनकारी ब्यक्तित्वहरुलाई संबेदनशिल बनाएको थियो ।

सहयोगी हातहरुले बागेश्वरी आधारभुत विद्यालयमा अध्यानरत ५५ जना बालबालिकाहरुका लागि आवाश्यक पर्ने न्यानो कपडा र शैक्षिक समाग्रि वितरण गरेका हुन । धादिङमा जन्मिएर विभिन्न ओहदामा पुगेका र बिदेशमा रहेका ब्यक्तित्वहरुको सामुहीक सहयोगमा कलिला बालबालिकाहरुलाई राहत स्वरुप न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको थियो । बालबालिकाहरुका लागि जुत्ता,टोपी, कपडा,कम्बल र आवश्यक शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर डल्लाकोटिले बताए ।

चेपाङ समुदायको दुर्गतिपुर्ण बर्तमानमा बाँचिरहेका भविष्यको कर्णधार संभावना बोकेका कलिला बालबालिका बाँच्न र आफ्नो सृजनशिल बिकासको निम्ति शिक्षा अपरिहार्य रहेकोले संवेदनशिल भएर हामीले सामुहिक प्रयत्नमा सहयोग गरेका हौं शिक्षाबिद डा. सदानन्द कंडेलले बताए ।

अशिक्षा र गरिवीका कारण उनिहरु समस्यामा परेको भन्दै त्यहाँका बालवालीकाहरुलाई धादिङको बेनिघाट रोराङ्ग गाउँपालिकाको सहयोगमा दश जोड दुईसम्मको शिक्षाका लागि र ५५ जना बालकालिकालाई आवाश्यक पर्ने सबै शैक्षिक खर्च बेर्होने गरी आफुहरु सहयोग गर्न तयार भएको कडेलको भनाई छ ।