माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

678
views

सिताराम थापा
बागलुङ, २६,, पुस । गण्डकी प्रदेश सरकार पोखराले माघि पर्वको अवसरमा माघ १ गते प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकमा माघि पर्व अथवा माघे सक्रान्तिका दिन बिदा दिने निर्णय गरेको हो । संघीय सरकारका निकायले पनि यसको कार्यान्वयन गर्ने अपेक्षा गरेको छ ।

माघि मगरको पर्व भनिएता पनि क्षेत्री, बाहुन, मगर, थारुलगायत सबै समुदायले यो पर्व विशेष रुपमा मनाउने भएकाले माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा बिदाको निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताएका छन । प्रायस्सबै जातजातिले मान्ने पर्व भएकाले सामाजिक एकता र सद्भाव कामय गर्न बिदाको निर्णय गरिएको बस्नेतले बताए ।

मन्त्रिपरिषद्को निर्णय लगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशभित्रका सवै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा गरिने भएको छ ।