तस्कर र प्रहरीबीच भिडन्त, एकको मृत्यु

1385
views

भैरहवा, २९, पुस ।। रुपन्देही स्थित सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच मुठभेडमा१ जना तस्करको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउनासाथ तस्करी रोक्न सादा पोसाकमा खटिएको प्रहरी टोलीबीच भिडन्त हुँदा तस्करको मृत्यु भएको हो ।

तस्कर रोक्न मध्यरातमा गएको प्रहरीमाथी तस्करहरुले फायर खोलेपछि दोहोरो भिडन्त भएको थियो । मोटरसाईकलमा आएका तस्करहरुले प्रहरीमाथि गोली चलाएको प्रहरीको दाबी छ ।

तस्करको गोली लगेर एक जना प्रहरी समेत घाइते भएका छन् । उनको बाँया पाखुरामा गोली लागेको जनाइएको छ । मृतकको शव पोष्टमारटमका लागि भिम अस्पतालमा राखिएको छ उनको पहिचान खुलेको छैन् ।