जाडोले आगो ताप्दा घर जलेर नष्ट

669
views

गोबिन्द तिमिल्सिना
हेमजा, ४ माघ । पोखरा २५ हेमजामा बिहिबार राति एक घरमा आगो लागि भएको छ । राती ७ बजेतिर आगो लागेको थियो । आगो संगम टोल (कार्कीथर) मा बस्ने मानकुमारी कार्कीको घरमा आगो लागेको हो ।

आगो लाग्दा मानबिय क्षेति नभएता पनि अन्य क्षेतिको बिबरण आउन बाँकी छ । स्थानिय बासीको पहलमा आगो करीब एक घण्टा पछि नियन्त्रणमा आएको थियो ।

नहरमा पानी भएकाले आगो नियन्त्रणमा लिन सहज भएको थियो । जाडो भएर आगो ताप्ने क्रममा आगो लागि भएको हुन सक्ने स्थानियको भनाइ छ ।