इन्फोम्याक्स पोखरालाई मेयरकपको उपाधी

976
views

सिताराम थापा
बागलुङ, ४, माघ । जिल्लाको दक्षिण जैमिनी नगरपालिका–१ कुश्मीसेरामा सञ्चालित मेयरकप खुल्ला भलिवलको उपाधी इन्फोम्याक्स पोखराल जितेको छ ।

तस्विरः सिताराम


सहारा क्लवद्वारा आयोजित जैमिनी महोत्सवको अवसरमा भएको खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेलमा प्रतिद्वन्द्वी बागलुङ नगरपालिका–८ सिगानालाई ३–२ कोे अन्तरले पछाडि पार्दै उपाधी जितेको हो ।

निकै प्रतिस्पर्धा र रोचक भएको खुल्ला भलिवल खेलको पहिलो सेटमा २५–२२ को अन्तरमा इन्फो म्याक्सले जित हात पारेको थियो । दोस्रो सेटमा भने २५–१७ मा सिगानाले जित हात पार्याे। तेस्रो सेटमा पुनः २५–२१ ले इन्फोम्याक्सले जित हात पार्याे ।

चौथो सेटमा २५–१८ ले सिगाना बिजयी बन्यो भने अन्तिम पाँचौ सेटमा १५–१२ अन्तरले इन्फोम्याक्स पोखरा मेयर कपको उपाधी जितेको थियो भने दोश्रो उपाधि बानपा–७ सिगानाले पाएको छ ।

विजेता समुह इन्फोम्याक्सले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता उपाधि बानपा, सिगानाले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् । खुल्ला भलिबलको लागि १६ टिम सहभागी भएका थिए । खुल्ला भलिबलमा पुरस्कार रासि बढाउनुपर्ने सहभागिहरु र खेलाडिको सुझाब रहेको थियो ।