सरकारी अस्पतालमा आएका बिरामी प्राईभेटमा रिफर

939
views

पर्वत, ५, माघ । कुश्मा नगरपालिका–३ सल्यानका ७० वर्षिय भिम बहादुर नेपालीले डोकोमा बिरामी र हातमा जिल्ला अस्पतालबाट प्राईभेट अस्पतालका लागि पठाएको चिट देखाउँदै अस्पताल खोजिरहेका थिए । विरामी बोकाएर सदरमुकाममा कुश्मा अस्पताल खोजिरहेका नेपालीले जिल्ला अस्पताल पर्वतले रिफर गरेको चिट देखाउँदै भने सरकारी डाक्टरले उपचारका लागि कुश्मा अस्पतालमा पठाएको बताए । नेपालीले आफ्नो परिवारलाई बोकेर सरकारी अस्पतालबाट प्राइभेट अस्पताल खोजिरहेका थिए ।

जिल्ला अस्पताल पर्वतका डाक्टरहरुले उनीमात्र नभई अन्य विरामीलाई समेत प्राईभेट हस्पिटलमा पठाउने गरेको भेटिएको छ । सरकारी डाक्टरले पठाउने गरेको प्राईभेट अस्पताल कुश्मा अस्पताल भने कानूनी मापदण्ड विपरित रहेको पाइएको छ । सो हस्पिटल दर्ता नगरी सञ्चालन गरिएको उत्तिकै आरोप छ ।

उपचारका लागि गाउँ गाउँबाट सरकारी अस्पतालमा आएका विरामीहरुलाई सदरमुकामकाका प्राइभेट अस्पतालमा रिफर गरेपछि डाक्टर र अस्पतालबीचको कमिशनको खेल भएको आशंका गर्न थालिएको छ । जेष्ठ नागरिक, असक्तका साथै विभिन्न सेवाहरु सुचारु गरिएको सरकारी अस्पतालले अस्पतालमा उपचार नहुने भन्दै प्राईभेटमा पठाएपछि विरामीका आफन्त आक्रोषित बनेका थिए ।

मापदण्ड विपरित दर्ता नै नगरी सञ्चालन गरिएको कुश्मा हस्पिटलमा विरामी रिफर गर्न नहुने जिल्ला जनस्वास्थ्य पर्वतका शाखा अधिकृत पोषनाथ शर्मा बताउँछन् ।

यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले अस्पतालकै लेटरमा कनुनी मापदण्ड नपुगेको अस्पतालमा विरामी रिफर गर्नु गलत भएको बताउँछन् ।

सरकारले जेष्ठ नागरीक असक्तहरुलाई निशुल्क उपचार गर्ने निती कार्यक्रम ल्याईरहँदा पर्वतमा भने डाक्टहरुले नै दर्ता नभएका निजि स्वास्थ्य संस्थामा विरामी पठाउँदा भईपरि आउने समस्यामा न विरामीका आफन्त न डाक्टर कोही सचेत देखिदैन् ।