कांग्रेसका पूराना र त्यागी नेता रेग्मीको निधन

753
views

काठमाडौं । नेपाली कांग्रेसका पुराना, त्यागी र ईमान्दार नेता तथा नेपाली काँग्रेस कास्कीका पूर्व सचिव केशव रेग्मीको निधन भएको छ ।

समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा निधन भएको नेपाल पत्रकार एंव न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए । उनको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । रेग्मीको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएका थिए ।

२०२३ सालमा गण्डकी छात्रा समितिको स्थापनाकालका सदस्य एंव नेपाल बिद्यार्थी संघको स्थापना रेग्मीको ठुलो योगदान रहेको कांग्रेस वरिष्ठ नेता पौडेलले जारी गरेको शोक वक्तब्यमा उल्लेख छ । ‘२०२३ सालमा गण्डकी छात्रा समिति गठन गर्दा केशव जी र हामीले एकैसाथ काम गरेका थियौ । त्यो पछि गण्डकी साहित्य सम्मेलन गरेको मलाई अहिले पनि संझना छ ।

उनी गण्डकी छात्रा समितिको सदस्य पनि भएका थिए । पछि नेपाल बिद्यार्थी संघको स्थापना गर्दा पनि केशव जी हाम्रो साथमा थिए’ पौडेलले जारी गरेको शोक वक्तब्यमा भनेका छन्–‘मैले बिद्यार्थी कालमा केशव जी संग धेरै समय बिताएको छु’ . बिद्यार्थी राजनीति मात्र होइन जेलमा समेत केशव जी संगै धेरै समय विताएको छु । नेपाली कांग्रेसको राजनीतिमा अविचलित भई लामो समयसम्म नेपाली कांग्रेसलाई केशव जी आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने नेता थिए ।’ पत्रकार पराजुलीका अनुसार उनले जीवनभर आफु रोग र पीडाले छट्पटिंदा पनि प्रजातन्त्र र नेपाली कांग्रेसको मात्र चिन्ता लिइरहने गर्दथे । उनका दुई श्रीमति छन् ।