‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक

579
views

काठमाडौ, ८, माघ । ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक भएको छ । ‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनमा १६ विधामा प्रदान गरिने अवार्डको लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । राजधानीमा भएको एक कार्यक्रममा मनोनयनमा परेकालाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ ।

छनोट भएका उत्कृष्ट पाँच चुनौतीपूर्ण भिडियो समाचारमा सञ्चारकर्मी सन्तोषी अधिकारीको दुईवटा भिडियो मनोनित भएका छन् । बालबालिकाका कारुणिक र हृदयविदारक कथा समेटिएको उत्कृष्ट टेलिभिजन रिपोर्टसंगै महिला चालकका चुनौतीपूर्ण कथामा आधारित टेलिभिजन रिपोर्ट मनोनित भएको हो । त्यसैगरि पत्रकार सचिता बुढाथोकी, अश्विन ठकुरी, अशोक पहाडीका समाचारमुलक भिडियो मनोनित भएका छन् ।

फिल्म बिधा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्रीमा मास कोरियोग्राफी, ७.८ म्याग्नीच्युट, जोगी, सम्बृद्धि, मिसन एभरेष्ट परेका छन् । त्यसैगरि उत्कृष्ट पिएसए, उत्कृष्ट छोटो फिल्म, उत्कृष्ट सिनिमेटोग्राफर, उत्कृष्ट सम्पादक, उत्कृष्ट महिला अभिनेत्री, उत्कृष्ट पुरुष अभिनेता र उत्कृष्ट निर्देशकसंगै सोसल मिडिया भिज्वलमा फेसबुक इन्स्टाग्राम टुइटर, उत्कृष्ट युट्यूब भिडियोहरु, उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली, उत्कृष्ट ट्रोल र पब्लिक चोइसबाट पाँच उत्कृष्ट छनोट गरिएको छ ।

छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ, संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष एवम् चलचित्र निर्देशक सवनम मुखियाले बताईन् ।

माघ २७ गते हरेक विधामा मनोनित मध्ये एक एक जनालाई निर्णायक मण्डलको निर्णयका आधारमा छनोट गरि अवार्ड वितरण गरिने जनाइएको छ ।

निर्णायक मण्डलमा चलचित्र निर्देशक संगिता श्रेष्ठ, समाचार सम्पादक के.पी ढुंगाना, चलचित्र सम्पादक एनिमेटर करुण थापा रहेका छन् ।
उत्कृष्ट पाँच उत्कृष्ट डकुमेन्ट्री
१.मास कोरियोग्राफी
२.७.८ म्याग्निच्यूड
३.जोगी
४.समृद्धी
५.मिशन एभरेस्ट

उत्कृष्ट सर्ट फिल्म
१.अलिखित
२.पुन्टेको पाङ्ग्रो
३.समय र सपना
४.बोकाहरु
५.साइबर क्राइ

उत्कृष्ट पाँच न्यूज भिडियो
१.सन्तोषी अधिकारी
२.सन्तोषी अधिकारी
३.सचिता बुढाथोकी
४.अश्विन ठकुरी
५.अशोक पहाडी

उत्कृष्ट सर्ट फिल्म निर्देशक
१.पुन्टेको पाङ्ग्रो – सचिन घिमिरे
२.द आर्टि्िस्टक आर्टिस्ट – जेसन लोप्चन
३.साइबर क्राइ – अनिश जंग थापा
४.अलिखित ( देव कुमार श्रेष्ठ
५.द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जेसवाल
उत्कृष्ट सर्ट फिल्म सम्पादक
१.पुन्टेको पाङ्ग्रो – मुकेश चौधरी
२.द आर्टि्िस्टक आर्टिस्ट – राज खनाल
३.बोकाहरु – निमा लोप्चन
४.अलिखित – अनिरुद्ध दवाडी
५.द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जेसवाल

उत्कृष्ट सर्ट फिल्म सिनिमेटोग्राफर
१.पुन्टेको पाङ्ग्रो – गौतम धिमाल
२.द आर्टि्िस्टक आर्टिस्ट – बिकल थापा
३.बोकाहरु – निमेष श्रेष्ठ
४.पाखुरी – नकुल सुनुवार
५.समय र सपना – बिनोद केसी

उत्कृष्ट सर्ट फिल्म ध्वनी
१.पुन्टेको पाङ्ग्रो – बिनय अधिकारी
२.द आर्टि्िस्टक आर्टिस्ट – ब्रिजेश राईरसुदीप श्रेष्ठ
३.बोकाहरु – निमेष श्रेष्ठ
४.अलिखत – आशिष भण्डारी
५.समय र सपना – देवेन्द्र नेवा

उत्कृष्ट सर्ट फिल्म अभिनेता
१.पुन्टेको पाङ्ग्रो – सुमित देशार
२.द आर्टि्िस्टक आर्टिस्ट – प्रवेश एम सी
३.बोकाहरु – अनिश जंग थापा
४.समय र सपना ( मिलन मिश्र
५.अलिखित – श्याम सुन्दर धिताल

उत्कृष्ट सर्ट फिल्म अभिनेत्री
१.पुन्टेको पाङ्ग्रो – सोनिका घिमिरे
२.लाचार – स्मृति न्यौपाने
३.द लास्ट लेटर ( सजना थापा
४.साइबर क्राइ – दीया मास्के
५.अलिखित – अन्जसा रिजाल

उत्कृष्ट पाँच ट्रोल
१.ट्रोल फुटबल
२.ट्रोल फुटबल
३.ट्रोल फुटबल
४.ट्रोल फुटबल
५.ट्रोल टक

उत्कृष्ट पाँच फेसबुक भिडियो
१.निमेष श्रेष्ठ
२.राजकुमार दर्जी
३.उपेन्द्र जोशी
४.सम ग्लिम्सेस अफ नेपाल
५.दीपकुमार मिश्र

युट्युब भिडियो
१.भिडियो अफ मिडल क्लास
२.दशैं नेपाली इन्डियन सिरियल
३.ह्वाट इफ दशैं वेयर अ पर्सन
४.तीज गन र्वोङ
५.म गर्न सक्छु