भड्खोरे सामुदायिक वन काँटछाँट

1755
views

दिपसागर पौडेल
पर्वत, ८, पौष । भड्खोरे सामुदायिक वन उपभोक्ता समुह कुस्मा नगरपालिका ७ खरेहा पर्वतको वन व्यवस्थापन तथा काँटछाट कार्य सम्पन्न भएको छ । हरेक वर्ष पौष मसान्त तथा माघ पहिलो साता गर्ने गरिएको कार्ययोजना अनुसार यसवर्ष पनि व्यवस्थापन गरिएको हो ।

सव डिभिजन वन कार्यालय छमर्केका वन प्राविधिक गणेश चापागाईको रोहवरमा वन उपभोक्ता समुहका सदस्यहरुलाई विभिन्न सात समुहमा विभाजन गरि वनको काँटछाँट गरिएको वन उपभोक्ता समुहका अध्यक्ष तेज गिरीले बताउनुभयो ।

करिव ८० जना उपभोक्ताहरु वन व्यवस्थापन कार्यमा संलग्न रहेको उपभोक्ता समुहका सचिव मिठु शर्माले जानकारी दिएका छन् । यसभन्दा अगाडि लोपउन्मोख वन्यजन्तुको सुरक्षारार्थका लागि सामाजिक परिचालक परिचालन गरेर वन्यजन्तु संरक्षणमा चासो देखाएको वन उपभोक्ता समुहले वनको व्यवस्थापन संगै १ नम्वर व्लक देखी ६ नम्वर व्लक सम्म करिव ७ सय मिटरमा अग्निरेखा सरसफाई गरिएको वताईएको छ ।