मेलम्ची आयोजनाको बाँकी काम पेटी ठेकेदारलाई

519
views

काठमाडौं, ८, माघ । एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न पेटी ठेकेदारलाई दिनुपर्ने सुझाव दिएको छ । इटालियन कम्पनी सिएमसीले आयोजनाको काम अलपत्र पारेर स्वदेश फर्किएपछि एडिबीले आयोजना पूरा गर्ने जिम्मा पेटी ठेकेदारलाई दिन सुझाव दिएको हो ।

एडीबी र मेलम्ची खानेपानी आयोजना विकास समितिबीच सोमबार भएको छलफलमा सरकारलाई आयोजनामा देखिएको अन्यौल हटाउन पनि तत्काल पेटी ठेकेदारलाई जिम्मा दिनु बाहेकको बिकल्प नरहेको निष्कर्ष एडिबीको छ ।

तर, सिएमसीले ठेकेदारलाई समेत रकम भूक्तानी नगरेकाले समिति ठोस निर्णयमा भने पुग्न सकेको छैन । सरकारले ठेकेदार इटालियन कम्पनी सिएमसी नफर्कने निश्चित भएपछि मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ ।