मुस्ताङ र म्याग्दीका लेकाली भेगमा भारी हिमपात

1240
views

सिताराम थापा
म्याग्दी ९, माघ । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकाको अधिकाँश लेकाली भेगहरुमा स्ताम्मे हिउँ परेको छ । यसैगरि हिमाल पारीको जिल्ला मुस्ताङमा पनि हिँउले ढाकेको छ । अत्याधिक चिसो बढेको छ । हिमपातसँगै वर्षा पनि भएको हो ।

म्याग्दीको धौलागिरी गाउँपालिका गुर्जामा करिब डेढ फिट भन्दा बढी हिउँ जमेकोे जनकल्याण माध्यामिक विधालय गुर्जाका प्रधानाध्यापक रुपेश सुवेदीले बताए । म्याग्दीको गुर्जामा सबैभन्दा बढि हिउँ वर्षा हुने हुँदा यस बर्षको बढि र तेश्रो हिउँ वर्षा भएको सुवेदीको भनाई छ ।

हिमाल पारीको जिल्ला मुस्ताङमा करीब २ फिट हिमवर्षा भएको सामाजिक अभियान्ता बुद्दिबल थापा मगरले बताए । हिउँबर्षाको कारण अत्यधिक चिसो बढेको छ ।

हिमबर्षाले अधिकांस किसानहरु भने खुसी भएका छन् । जमेको हिँउ घामले पग्लिएपछि खेतबारीमा हालेको मल–माटो भिज्ने र बोट बिरुवा फस्टाउदै उत्पादकत्वमा वृद्धि हुने भएपछि कृषकहरु हिमबर्षामा खुसी भएको म्याग्दीका किसान तथा स्थानिय जनप्रतिनिधि झकब छन्त्याल बताउँछन् ।

मुस्ताङका कुद्दिकल थापा भन्छन–हिमबर्षाले सबै किसानहरु निकै उत्साहित भएका छन् ।