हिन्दु राष्ट्र नेपालको पुर्नस्थापनाको नागरीक समाज गठन

1293
views

पर्वत, ९, माघ । हिन्दु राष्ट्र नेपालको पुर्नस्थापनको लागि पर्वत जिल्लामा नागरीक समाजको गठन भएको छ । मंगवार पर्वतको कुश्मामा आयोजना गरिएको भेलाले गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाकी अध्यक्ष मानकुमारी गिरीको संयोजकत्वमा १७ सदस्यीय ‘हिन्दुराष्ट्र नेपाल पुर्नस्थपनाको लागी नागरीक समाज’को गठन भएको हो ।

भेलाले सह–संयोजकमा नेपाल वार इकाई पर्वतका सदस्य अधिबक्ता यज्ञवहादुर थापा, सदस्य सचिवमा अशोक गुरुङ र कोषाध्यक्षमा हर्कबहादुर बि. पौडेललाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा क्या. टेकवहादुर जिसी, रुद्रबहादुर हमाल र सरोज शर्मा बैरागी लगायत रहेका छन् ।

हिन्दु महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद शर्माको उपस्थितीमा सम्पन्न उक्त भेलाले बिश्व हिन्दु महासंघ पर्वतका अध्यक्षद्वय सूर्यप्रकाश पौडेल र लोकनाथ आचार्यका साथै उपभोक्ता मञ्च क्षेत्रीय संयोजक गंगाराज शर्मा पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।

भेलाले पर्वत जिल्लाका सम्पूर्ण नगरपालिका, गाउँपालिकाको साथै वार्डहरुमा समेत समिति गठन गरी बृहत जिल्ला भेला सम्पन्न गरि हिन्दुराष्ट्र पुर्नस्थापनको लागी ससक्त अभियान शुरु गर्ने समितिका सह–संयोजक यज्ञबहादुरर थापाले बताए ।