दमकल र बस एकआपसमा ठक्कर खाँदा २७ यात्रु घाईते

692
views

नवलपुर , माघ ९ पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ ख ८७९७ नं को बस र बिपरित दिशाबाट आउदै गरेको लु १ ग ३१० नं को कावासोती नगरपालिकाको दमकल आज बिहान ७.३० बजेको समयमा चोरमारा र अरुणखोला बिचको जंगलमा एकआपसमा ठक्कर खादा २७ जना यात्रु घाईते भएका छन् ।

घाइते मध्ये दमकलका १ जना फायरम्यान र बसका ६ जना यात्रुकोे अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ । घाइते सातै जनाको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।
अन्य २० जना सामान्य घाइतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभएको छ । रातभरि परेको अबिरल बर्षाले दाउन्नेमा सडक अवरुद्द भएको थियो । बर्षाले माटो बगाएर चिप्लो भएको सडक पखाल्नको लागि गएको दमकल फर्कने क्रममा दुर्घटनामा परेको हो । दुवै सवारी साधनका चालक प्रहरी नियन्त्रणमा रहेका छन ।