ट्राफिक सचेतनाःक्षमता भन्दा बढी यात्रु बोके कार्वाही

975
views

महेन्द्र जिसी
पर्वत, ९, माघ । गएको साता बेनी पर्वत सडक खण्डको मलढुगामा भएको बस दुर्घटनापछि जिल्ला ट्राफिक कार्यालय पर्वतले क्षमता भन्दा बढी यात्रु तथा सामान ढुवानी गरेका सवारीहरुलाई कडाई गर्न थालेको छ ।

क्षमता भन्दा बढी यात्रु बोकेको सवारीबाट धन जनको क्षति भएको भन्दै प्रहरीले यस्तो अभियान चलाएको हो । सवारीको क्षमता भन्दा बढी यात्रु तथा सामान ढुवानी गर्ने सवारी चालकलाई कार्वाई गर्न लागेको हो । समान तथा यात्रु झारेर अर्को सवारीमा पठाउन लागेको हो ।

पर्वत ट्राफिकले निर्माणाधिन सडकको अवस्था हेरेर सवारी सञ्चालनमा ल्याइएको जनाएको छ । विगतम जरीवना मात्र काटेर छाडने ट्राफिकले अहीले क्षमत भन्दा बढी सवारी यात्रु तथा सरसमान अर्को सवारीमा लानुपर्ने व्यवस्था सँगै दुर्घटना हुनु अगावै सचेत हुनपनि अभियान चलाईएको ट्राफिक प्रमुख राम कृष्ण गौलिले जानकारी दिए ।

अहिले धौलागिरी यातायातमा गुढने सबै सावरीले क्षमता अनुसार मात्रै सामान र यात्रु ढुवानी गर्नुपर्ने व्यवस्था पर्वत ट्राफिकले गरेको हो । बढी सामान ढुवानी गरेमा जरीवाना सहीत सामान पनि अर्को सवारीमा चढाएर पठाउने गरीएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

क्षमता भन्दा बढी सर सामान तथा यात्रु ढुवानी गर्ने सवारीलाई जरीवाना सहीत सामान र यात्रु झारेर अर्को सवारीको जिम्मा लगाउने गरीएको गौलीको भनाई छ ।