कालीगण्डकीको सुख्खा पहिरो हटाईयो

574
views

सिताराम थापा
बागलुङ, १०, माघ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । हिजो बिहान गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिराईमा पानी जमेको थियो । बिहिबार बार करिब १०.३० बजे पानीको सतह केही बढेपछि पहिरोलाई नाँघेर पानी बगेको थियो ।

गत वर्षायाममा काली गण्डकी बढेको कारण त्यस स्थानमा ठुलो क्षति पुगेको थियो । सोहि स्थानमा पहिरो र भुकम्प पराकम्पन कारण हिउँले माटो भिजेर पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

गाउँपालिका अन्तरगतको वडा नं. १ छैरोमा छैरो छहरा गुम्बाको नाममा रहेको स्याउ बगान र स्थानीय मन प्रसाद विकको गरी करिब १०० रोपनी जमिन भासिएको स्थानीयले जानकारी दिए ।

हिजो जानकारी पाउने बत्तिकै सुरक्षाकर्मिहरु पुगेर पहिरो हटाउने कार्य गरि आज पुर्ण रुपमा सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले बताए ।

घरपझोङ गाउँपालिका अध्यक्ष आश बहादुर थकालीले तत्काल स्काभेटर प्रयोग गरी पहिरो हटाएपनि दीर्घकालिन रुपमा सुरक्षाका योजना बनाउन अति आवश्यक बताए ।

खेतीयोग्य उर्बरा भूमि पहिरोले बगाएकोले स्थानीय चिन्तित बनेका छन् । हिउँद भएर क्षति कम भएकोले सरकारले दिगो रुपमा रोकथामको उपाय नअपनाएकाले यो अवस्था आएको गणतान्त्रिक गाउँ सुधार समितिका अध्यक्ष भिम बहादुर रसाईलीले बताए ।

कालीगण्डकी करिडोरले सडक निर्माणमा जनताको जमिनमा लापारबाही जमिनमा सरकारले तत्काल क्षतिपुर्ति गर्न र दिर्घकालिन समाधानको योजना बनाई काम नगरे जनतालाई निकै ठुलो दुख ब्यहोर्न पर्ने देखिएको छ।निकै क्षति भएको स्थानिय बुद्दिजिविहरुको मतऐक्यता छ ।