जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

879
views

जाजरकोट । चट्याङका कारण जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध भएको छ । मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ परेकोले सेवा अवरुद्ध भएको हो । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जीएसएम नमस्ते र स्काई प्रविधिको टावरमा क्षति पु¥याएको थियो ।

मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ । रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार ब्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए ।

टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ ।