हिउँले पुरिएर एकजनाको मृत्यु

733
views

सीताराम थापा
बागलुङ । निसीखोला गाउँपालिका ओख्रेनिका एक ब्यक्ति हिउँले पुरिएर एक जनाको ज्यान गएको छ । शुक्रबार रातिदेखि परेको हिउँबर्षाले रातभर पुरिँदा निसीखोला गाउँपालिका–४ ओख्रेनीका ५० वर्षीय टिकाबहादुर घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

घिमिरे शुक्रबार साँझ फर्निचरमा काम सकेर मदिरा सेवन गरी फर्किएको र घरमा नपुगि सडक छेउमा सुतेका कारण रातभरको हिमबर्षाले पुरिँदा चिसोका कारण ज्यान गएको प्रहरीले जनाएको छ ।