घाईते प्रजिअलाई काठमाडौं लगियो

637
views

सिमरा– दुर्घटनामा गम्भिर घाईते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई उपचारका लागि काठमाडौं लगिएको छ । प्रजिअ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा. १ झ. १६३३ नम्बरको गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी बाराको प्रजिअ, सशस्त्र हवल्दार सञ्जय कुमार यादब, प्रहरी जवानलसम्भु गुरुङ र चालक जगत पटेल रहेका छन । बाराको कलैयाबाट निजगढ पिकनिकमा जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको थियो । प्रजिअ भट्टराईको थप उपचारका लागि हेलिकप्टर बाट काठमाण्डौ लगिएको हो ।