अखिल नेपाल युवक संघ बरेङको भेला सम्पन्न

1634
views

सीताराम थापा
बागलुङ, १५ माघ । जिल्लाको बरेङ गाउँ पालिकामा अखिल नेपाल युवक संघ बागलुङले विशेष भेला बरेङमा सम्पन्न गरेको छ । “स्थानीय तहको अधिकार र बिकास बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर !“ भन्ने मुल नाराका साथ सञ्चालन गरेको भेलामा “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत बरेङ गाउँपलिका स्तरीय भेला आईतबार हुग्दिशिर बरेङ बजारमा सम्पन्न भएको छ ।

युवक संघका गण्डकी प्रदेश सचिव सञ्जाल शर्माले देशको बिद्यमान विषम परिस्थितिमा युवा शक्तिलाई जगाउदै गाउँ गाउँमा अघि बढ्न आब्हान गरे । भेला तथा प्रशिक्षण कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, राजमोका युवा नेता हिरा पुन, अखिल (छैटौं) का जिल्ला सदस्य आशिष गुरुङ र प्रगतिशील पत्रकार संघ तथा रेडियो बिहानीका स्टेसन म्यानेजर प्रकाश छन्त्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त भेलाले दुर्गा थापा अध्यक्ष रहेको ११ सदस्य गाउँपालिका स्तरीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः सन्तोष पोखरेल (धुल्लुबास्कोट), माया पुन (बाटाकाचौर), कुल बहादुर खत्री (सल्यान) तारा प्रसाद पौडेल (धुल्लुबास्कोट) र सदस्यहरु तुल बहादुर थापा(धुल्लुबास्कोट), पदम खड्का(बरेङ), कृष्ण प्रसाद शर्मा(हुग्दिसिर), अनिता सुनार (बाटाकाचौर), धनिश्वर शर्मा (हुग्दिसिर), सोम शेर्पुजा (सुखौरा) रहेका छन् भने नारायण शर्मा, मीन बहादुर पुन, कमल पौडेल, इन्द्र बहादुर घम, चेतमान खत्री रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत निर्वाचत गरेको छ ।

युवक संघका जिल्ला सदस्य दुर्गा थापा संचालन, अध्यक्षता धनिस्वर पौडेल र स्वागत कृष्णप्रसाद शर्माले गर्नु भएको थियो । यसैगरी, माघ ११ बाट सुरु भएको युवक संघ बाग्लुङले वार्ड वार्डमा प्रशिक्षण तथा छलफल अभियान सञ्चालन गरी वार्ड स्तरीय समिति गठन गरीएको गणेडकी प्रदेशका संजाल शर्माले जानकारी दिए । जागरण अभियान १४ गते देखि १९ गते सम्म बागलुङको जैमिनी नगरपालिका मा केन्द्रित रहने पनि उनले बताए ।