धौलागिरी बहुमुखी क्याम्पस नेविसंघ कार्यक्रम

1094
views

सीताराम थापा
बागलुङ, १५, माघ । त्रिबिबि (धौलागरी बहुमुखि क्याम्पस नेपाल विद्यार्थी संघ ईकाई समितिको आयोजनामा विद्यार्थीहरुबिच रचनात्मक कार्यक्रम प्रारम्भ गरेको छ ।कार्यक्रमको उद्दघाटन गर्दै त्रिबिबि( धौलागिरी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्यायले सृजनशिल र रचनात्मक कार्यक्रम सफल बनाउनुपर्ने बताए ।

कार्यक्रमको आन्तरीक संकायगत छात्रा भलिबल प्रतियोगिता बाट भएको छ । यसको पहिलो खेल धौलागिरी बहुमुखी क्याम्पसका बिबिएस प्रथम र चौथो बर्ष बिच भएको थियो । तीन दिवशिय कार्यक्रम छात्र, छात्रा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, लैङगिक हिंसा बक्तृत्वकला प्रतियोगिता, दौड प्रतियोगिता र यक्कल फोक नित्य प्रतियोगिताको आयोजना गरिएको छ ।

ईकाई समितिले वार्षिक कार्यक्रम खेलकुद र रचनात्मक कार्यक्रमहरु गर्दै आईरहेको नेविसंघ धौलागिरी बहुमुखी ईकाई समितिका अध्यक्ष दिनेस पन्तले जानकारी दिए । कार्यक्रमको मुल समारोह १५ गते बिबिध कार्यक्रम बिच गरिने पन्तले जानकारी दिए ।

कार्यक्रम ईकाई समिति अध्यक्ष पन्तको अध्यक्षता, सिफ्टअध्यक्ष सुमन जि.सी.को स्वागत र ईकाई सचिव सुदिपसागर कंडेलको सञ्चालनमा भैरहेको छ ।