विद्यार्थीलाई स्वागत र पुरस्कार

1026
views

सीताराम थापा
बागलुङ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङ सदरमुकाममा नेविसंघले नवआगन्तुक विद्यार्थीहरुलाई विभिन्न रचनात्मक क्रियाकलापका साथ स्वागत गरेको छ । नेपाल विद्यार्थी संघ धौलागिरी बुहुमुखी क्याम्पस ईकाईले कार्यक्रमको समापन समारोहको आयोजना गरी विद्यार्थीलाई स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सह–महामन्त्री हरिहर पौडेलले शिक्षालाई व्यवहारिक, सर्वशुलभ र सबै नागरिकको पहुँचमा पुग्ने बनाउनुपर्ने बताए। उहाले देसमा शिक्षा पद्धति अझै परम्परागत भएको बताउँदै अब शिक्षालाई व्यवहारिक, प्राबिधिक र वैज्ञानिक शिक्षा बनाउनुपर्नेमा जोदिएका छन् ।

कार्यक्रममा धौलागिरी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा. राम प्रसाद शर्माले बहुमुखि क्याम्पसमा नयां बिषयहरु अध्यापन गरि धौलागिरीकै नमुना बनाउनु पर्ने बताए। नेपाली काग्रेसका क्षेत्रिय कार्यसमिति सभापति चिरञ्जिवि गौतम, नेविसंघ जिल्ला अध्यक्ष खड्क थापा, सहायक क्याम्पस प्रमुख ध्रुवराज गौतम, स्वतन्त्र विद्यार्थी युनियनका मनबहादुर थापा, अखिल छैठौँका दिलिप बुढाथोकी लगाएतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अवसरमा नेविसंघले आयोजना गरेको विविध खेलकुदमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । नेवि संघले क्याम्पसमा नियमित बार्षिक कार्यक्रम अन्तरगत ४ दिने खेलकुद तथा रचनात्मक क्रियाकलाप गरिएको थियो। सो समारोहमा छात्र तथा छात्रा भलिबल, फुटबल, ब्याटमिन्टन, दौड नित्य प्रतियोगिताहरुमा प्रथम दितिय तृतिय र शान्तवना हुने टिम लगाएतलाई पुरस्कृत गरिएको नेबिसंघका सचिव श्रीकृष्ण पौडेलले बताए ।