पहिलो बलेवा महोत्सव

715
views

सीताराम थापा
बागलुङ । बाग्लुङ नगरीको बलेवामा कलेज चलाउने र स्थानिय पर्यटन प्रबर्धन गर्ने मनसायले पहिलो बलेवा महोत्सवको भब्य तयारी भएको छ । फागुन २ गतेदेखि १० गतेसम्म आयोजना हुने महोत्सवले पर्वत बागलुङमा रहने नेपालको लामने अग्लो झोलुङ्गेपुलहरु, यान्त्रिक पुल, बलेवा बिमानस्थल लगायत लाई प्रवर्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बलेवावासीले जनाएका छन ।

महोत्सव गरेर बलेवाको शैक्षिक बिकासको लागि १ करोड अक्षयकोष स्थापना गर्ने लक्ष्य कृष्णगण्डकी क्याप्पस व्यवस्थापन गर्ने सामाजिक सेवा प्रतिष्ठानका प्रमुख भरत पौडेलले बताए । प्रतिष्ठानले कलेज लाई सह–आयोजक समाबेस गरि बलेवा महोत्सवमा ५० हजार दर्षक ल्याउने गरि आयोजना गर्ने योजना रहेको हो ।

२०६६ सालमा स्थानीय सहयोगार्थ कलेज सञ्चालन गरि शैक्षिक बिकास गरेता पनि अहिले कलेज चलाउन भएको कठिनाईलाई महोत्सब सहयोगि बन्ने विश्वास ब्यक्त गरिएको कलेज प्रशासक दिपेन्द्र खड्काको कथन छ ।

ग्रामिण स्तरमा सञ्चालनार्थ स्थानिय कलेज अत्यन्त न्यून आय भएको बिद्यार्थीबाट लिईने शुल्कले खर्च धान्नै ठुलो चुनौति सामना गरेको कलेजकाअध्यक्ष कमल जिसी बताउँछन् ।

बलेवा महोसत्सबमा खुल्ला भलिबल प्रतियोगिता, कबिता बाचन, म्याराथुन दौड,बिध्यालय खुल्ला नृत्य, झांकि, रत्यौली, लोकदोहोरी रहने छ। १ सय २० स्टलमा १५ वटा स्थानिय उत्पादनका स्टल हुने आयोजक सचिब नारायण श्रेष्ठले पत्रकार सम्मेलनमा सुनाए ।

बागलुङमा यस बर्ष दशकौ महोत्सबको बाढि आयो, धेरै महोत्सब र मेला पहिलो देखियो, खर्चले नि कति धानेको होला, नयाँपनको लागि खोजि कमि भयो, महोत्सबहरुको महत्व र सार्थकताको समीक्षा गरि जन–समक्ष आउनुपर्ने र भावि दिशा तय गरिनु सुन्दर हुने जनबोलि रहेको छ ।