मेची–महाकाली अभियानको उद्घाटन

637
views

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मेची–महाकाली अभियानको काठमाडौंमा भव्य र सान्दार रुपमा उद्घाटन गरेको छ । देशका चार सहरबाट एकैसाथ उद्घाटन गरिएको अभियान उद्घाटनको काठमाडौं च्याप्टर जनकलाकारहरुको प्रस्तुतीका कारण पनि अझ भव्य र सान्दार भएको हो । कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले प्रस्तुत गरेका क्रान्तिकारी गीत र नृत्यले अभियान सामारोहलाई भव्य र सान्दार बनाएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले उद्घाटन गर्ने भनिएको यहाँको अभियान उद्घाटन समारोह अस्वस्थताका कारण महासचिव किरण अनुपस्थित भएपछि अभियानको उद्घाटन पार्टी पिविएम तथा ३ नंं. प्रदेशका सचिव दिनेश शर्माले गरेका थिए ।

समारोहलाई प्रमुख अतिथि शर्मा, मोर्चाका सचिवालय सदस्य तथा ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठ, मोर्चाका सचिवालय सदस्य कान्छाराम तामाङले सम्बोधन गरेका थिए । मोर्चाका केस भरत बुर्जा मगरले अध्यक्षता गरेको अभियान उद्घाटन समारोहको सञ्चालन मोर्चाका केस तथा काठमाडौं अध्यक्ष खगेन्द्र छन्त्यालले गरेका थिए ।

मोर्चाका केस तथा ललितपुर अध्यक्ष इन्दिरा अधिकारीले स्वागत गरेको समारोहमा मोर्चाका सचिवालय सदस्य हरिकृष्ण गजुरेल लगायतको उपपिस्थति रहेको थियो ।

उद्घाटन समारोहमा पार्टी, जबस मोर्चाका केन्द्रीय नेताहरु समेतको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त समारोहमा विप्लव नेकपा परित्याग गरी तमु मोर्चाका केस धिरज गुरुङ र इन्दुमाया लम्बू देजमो, नेपालमा प्रवेश गरेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिले अबिर र खादा लगाएर प्रवेश गराएका थिए ।