प्रहरी चौकीलाई जग्गा दान, जग्गादातालाई सम्मान

736
views

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वत मातहतको प्रहरी चौकी बाच्छालाई जग्गा प्राप्त भएको छ । भवन निर्माण प्रयोजनका लागि समाजसेवी भोलानाथ शर्माले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।

जग्गादाता बिहादी गाउँपालिका–१ निवासी साविक बाच्छा गाविसका पूर्व अध्यक्ष एवम् समाजसेवी भोलानाथ शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले एक कार्यक्रमकाविच सम्मान पत्रले सम्मान गरेको छ ।

शर्माले पर्वत जिल्ला विहादी गाउँपालिका–१ मा रहेको०–७–३–२ (सात आना तिन पैसा दुई दाम) क्षेत्रफल रहेको जग्गा दिएका हुन् । यस अघि पनि शर्माले ३ रोपनी १ आना जग्गा सोही चौकीलाई प्रदान गरेका थिए ।

सम्मान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले सहयोगले समुदाय र प्रहरीको अन्तर सम्वन्ध राम्रो हुने बताउँदै यस्तो सहयोगले प्रहरीले समाज हितमा गर्ने कार्यमा थप मनोवल प्रदान हुने स्पष्ट पारेका थिए । सम्मान कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक राजन रायमाझीले सञ्चालन गरेका थिए ।