लागू औषध तथा साईबर अपराध सचेतना कार्यक्रम

999
views

गोविन्द तिमिल्सिना
हेमजा, ९ फागुन । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजना एवं वडा प्रहरी कार्यालय बगरको समन्वयमा हेमजामा अविस्थत स्नो भ्यू बोडिङ्ग स्कुलमा बिहिबार लागू औषध तथा साईबर अपराध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष शेभाखर तिमिल्सिनाले कार्यक्रम उपलब्धी मुलक हुनुपर्ने बताउदैँ विद्यार्थीलाई अनुसासित हुन आग्रह गरे ।

विद्यालयका प्रिन्सिपल जगत बहादुर थापाले तालिम प्रदान गरेकोमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी हेमजालाई धन्यवाद ज्ञापन गरे । वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दिपक थापाले गरेको प्रशिक्षण कार्यक्रममा कक्षा ९ र १० गरी जम्मा ९० जना विद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाका सचिव दान बहादुर भुजेल, सदस्यहरुः शुकमाया सुवेदी श्रेष्ठ, डम्बर नेपाली, सामुदायिक प्रहरी सेवा हेमजाका प्रमुख एवं प्रहरी हवल्दार कृष्ण अधिकारी र प्रहरी जवान विन्दु जि.सीको उपिस्थती रहेको थियो ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाका अध्यक्ष विष्णु बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य देवी प्रसाद अधिकारीले गरेका थिए ।