मगर महोत्सवमा पार्कियाको व्यापार

1361
views

अर्जुन क्षेत्री
पर्वत, ९ फागुन । पुन युवा क्लव कुश्मा पर्वतले आयोजना गरेको प्रथम राष्ट्रिय मगर महोत्सवमा राखिएको पहिलो स्टलमा पार्कियाको बिरुवा बिक्रि गरिएको छ । सायद विरलैले सुनेको यस बिरुवाको फल तरकारीका लागि उपयोगी हो । पार्कियाको मुल्य प्रति बिरुवा रु दुईसय ५० पर्ने बिक्रेता खुमाकान्त भुसालले बताए ।

भुसालले भने एउटा पार्कियाको बोटमा १५ सय देखी दुईहजार सिमिका जस्ता कोसाहरु फल्दछन्, यसलाई रुखे सेमी पनि भन्ने गरिन्छ ।

डेढ फिटदेखि १८ ईन्चसम्म लामो र दुईईन्च चौडामा फल्ने यस तरकारीले ४० प्रतिशत मुटुरोग निको हुने गरेको पाइएको छ । यस तरकारी खाँदा तरकारीमा पाईने रसायनले ग्याष्ट्रिक, अल्सर, मलेरिया, कब्जियत, नशा सम्बन्धी रोग, ज्वरो, महिनाबारी गडबढी, रक्सी, चुरोट, नसालु पर्दा पिउने, एकाग्रह डिप्रेशन, आत्महत्यासम्म गर्न पुग्ने व्यक्तिलाई पूर्ण निको हुने भुसालको भनाई छ ।

पूर्व झापा जिल्लाबाट यस तरकारी खेतीको सुरुवात भएको हो । यस तरकारीलाई सुकेपछि दाल र काँचोमा अचारको रुपमा प्रयोग गर्न सकिन्छ ।