वाग्लुङ अमलाचौरमा ग्लोबल आइएमई बैंक

718
views

निर्मल पौडेल
पर्वत, १४ फागुन


ग्लोबल आइएमई बैंकले आफ्नो १ सय १८ औँ शाखा वाग्लुङ नगरपालिका वार्ड नम्वर १२ अमलाचौरमा विस्तार गरेको छ । सोमवार एक औपचारीक कार्यक्रमको आयोजना गरी वैँकले आफ्नो शाखा शुभारम्भ गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी तथा वडा नं १२ का वडा अध्यक्ष श्री गुरु दत्त पाठकले ग्लोबल आइएमई बैंकिङबाट ग्रामिण ठाउका बासीन्दाको लागि ठुलो सहयोग पुग्ने र बैंकिङ सुविधाको लागि पहिलाजस्तो सदरमुकाम नै धाउनु पर्ने बाध्यताको समाधान हुने साथै विकासको लागि थप सहयोग पुग्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लि कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माले नेपाल सरकारको हरेक व्यक्ति एक खाताको लक्ष तथा हरेक क्रियाकलाप बैंकिङ माध्यबाट गर्ने निती अनुसार अमलाचौरमा शाखा रहित बैंकिङ सेवा शुरुवात गरिएको बताए । यो सेवावाट एक व्यक्तिले एक दिनमा ५० हजार रुपैँया सम्म पैसा भिक्न पाउने र १ लाख सम्म जम्मा गर्न पाउने साथै विभिन्न विलहरुको भुक्तानी समेत गर्न पाउने बारेमा जानाकारी दिए ।

कार्यक्रममा जननिर्वा्चित वडा प्रतिनिधीहरु, विभिन्न विधालयका शिक्षकहरु तथा विधालय व्यवस्थापन समितीका पदाधिकारीहरु, राजनितिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी तथा व्यवसायीहरुको उपस्थीती रहेको थियो । यस शाखावाट अनुमानित ७ हजार जनसंख्या साथै १४ सय भन्दा बढी घर धुरीले सेवा पाउने लक्ष्य लिइएको छ ।

वैङकिङ सुविधा दिनको लागि बा.न.पा वडा नं १२, अमलाचौर कान्ले निवासी व्यवसायी कृष्ण प्रसाद चापागाईलाई प्रतिनिधीको रुपमा नियुक्ती गरिएको प्रबन्धक प्रकाश शर्माले जानाकारी दिए । ग्लोबल आईएमई बैंक लिमिटेड कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माको अध्यक्षता तथा बा.न.पा वडा नं १२ का वडा अध्यक्ष श्री गुरु दत्त पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुजन प्रेमीले गरेका कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माले जानकारी दिएका छन् ।