चेल्सीका गोलकिपर अरिजाबालागा कारवाहीमा

519
views

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीले आफ्ना गोलकिपर किपा अरिजाबालागालाई कारवाही गरेको छ । आइतबार भएको काराबाओ कपको फाइनलमा प्रशिक्षक माउरीजियो सारीको निर्देशन नमानेको आरोपमा गोलकिपर केपालाई कारवाही गरिएको हो ।

म्यानचेस्टर सिटी विरुद्धको खेलको अन्त्यमा चेल्सीका प्रशिक्षक माउरिजियो सारीले किपालाई प्रतिस्थापन गर्न खोज्दा उनले अटेर गरेका थिए । यही कसुरमा केपाको एक साताको तलव काटिएको छ भने उनलाई माफी माग्नसमेत लगाइएको छ ।