टोल बस्तीमा सरसफाई अभियान

848
views

महेन्द्र जिसी
पर्वत, १४ फागुन । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ सरसफाई युक्त गाउँको रुपमा उन्मुख हुँदै गएको छ । नेपाल रेडक्रस सोसाईटी पर्वतको अन्तराष्ट्रिय युवा परियोजना तथा युवा रेडक्रस सर्कल र गाउँपालिकाको सहकार्यमा गाउँ नै सरसफाई युक्त भएको हो । युवा सर्कलका विद्यार्थीहरुले रेडक्रसका विभिन्न कार्यक्रममा सिकेका कुरा अभ्यासमा लागू गराउन थालेपछि गाउँ नै सरसफाई उन्मुख बनेको हो ।

वडा नं–५मा महेन्द्र शिखरी मा वि, सरस्वती मावि, गुरुङ आधारभूत विद्यालय, पशुपति आधारभूत विद्यालय लगायतका विद्यार्थीहरुले सरसफाईका विभिन्न २४ सूचकहरु अभ्यासमा लागु गराएर गाउँ नै सरसफाई युक्त बनाउन लागेका हुन । उनिहरुले विद्यालयमा सिकेको अभ्यास घरमा समेत लागू गराउँदा सबै समुदायमा आनीबानीसँगै सचेतनाको विकास भएको बताएका छन ।

विद्यालयमा गठीत युवा सर्कलहरुले नियमीत कार्ययोजना बनाएर विद्यालयका कक्षाकोठादेखी घर आँगन समेत सरसफाई गर्ने गरेको उनीहरुको भनाई छ ।

रेडक्रसको सहयोगमा डस्बिनको उचित व्यवस्थापन र प्रयोग गर्ने बानीको विकासले गाउँ नै सरसफाई युक्त बन्दै गएको हेो । कुहीन र नकुहीने फोहोर व्यवस्थापन टोल सुधार समीतिले समेत सहयोग गर्दै आएको छ । परियोजनाका सहयोगमा वडाका सार्वजनिक स्थानमा डस्विन र विद्यालयमा आवश्यक पुर्वाधार सुधार भएसँगै गाउँपालिकामा परिवर्तन आएको पशुपति आधारभूत विद्यालयकी शिक्षिका नायक सपना हमालले बताईन् ।

एकवर्ष अघिदेखी सो अभियान थालेका बालबालिकाहरुकै कारण सरसफाई युक्त गाउँपालिकाका रुपमा घोषणाको चारणमा पुगेको छ । परियोजनाले गाउँपालिकाका २४ विद्यालयमा समुदाय सरसफाई अभियान सञ्चालन गर्दै आएको थियो ।

परियोजना शुरु भएपछि स्थानीय जन प्रतिनिधिहरुले समेत सहकार्य गर्दै सरसफाईका क्षेत्रमा बजेट विनीयोजन गरेर गाउँका सबै टोलमा टोल विकास समिति मार्फत सरसफाई अभ्यास गर्दै आएका छन् । वडा अध्यक्ष दर बहादुर हमालले परियोजनाको सहकार्यमा वडालाई गाउँपालिकाकै पहिलो सरसफाई युक्त वडा घोषणाको चरणमा रहेको बताए ।