जीवनपयोगी शिक्षा अपरिहार्य–उपप्रमुख रेणुका

858
views

सीताराम थापा
बागलुङ । जिल्लाको गलकोट नगरपालिका उप प्रमुख रेणुका काउचले नेपाली शिक्षालाई जीवनसंग जोडेर जीवनउपयोगि र परिवर्तनशिल बनाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षाको गुणस्तर भनेकै व्यवहारिक, जीवन उपयोगी र रुपान्तरणमुखि जीवन र समाज निर्माण गर्ने हुनुपर्नेमा जोड दिनु भयो ।

जिल्लाको ग्लकोट माध्यमिक विद्यालय हटियाको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन समारोहलाई सम्बोधन गर्दै नगर उप प्रमुख रेणुकाको सम्बोधन यस्तो थियो ।

उहाँले शिक्षालाई सिप, ज्ञान र जीवन समाजसंग जोडेर व्यवहारमा उतार्न अबको शिक्षा हुनुपर्नेमा भुमिका खेल्न समेत आग्रह गर्नुभयो । नगरपालिकाको नगर शिक्षा अधिकारी उप सचिव खेम आचार्य, अभिभावक माया चालिसे, विद्यार्थीहरु पुजा विश्वकर्मा, शक्तिमान विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयको वार्षिक प्रगति तथा रु २ करोड ३८ लाख ३१ हजार ९ सय ११ रुपैयाको आर्थिक प्रतिवेदन प्रधानाध्यापक देबेन्द्र बहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम र बिबिध खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिता बिजेता र उपबिजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालयले आगामी दिनमा नमुना बनाउन विभिन्न नयाँ योजनाहरु समेत तय गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर भण्डारीको अध्यक्षता, सहायक प्रधानाध्यापक नवराज गौतमको स्वागत र शिक्षक दोय राम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।