पाकिस्तानी लडाकु विमान एफ–१६ भारत छिरे

1027
views

काठमाडौँ १५, फागुन । भारत–पाकिस्तान तनाब बढीरहेकै बेला पाकिस्तानी लडाकु विमानहरु भारत वायु सिमा पार गरी भारत प्रवेश गरेका छन् । बुधबार बिहानै पाकिस्तानी विमानहरु सीमा पार गर्दै भारत प्रवेश गरेको इन्डिया भारतीय सञ्चार माध्यमरुले जनाएका छन् ।

सांकेतिक तस्विर


मंगलबार भारतले पाकिस्तान प्रवेश गरेर त्यहाँको उग्रवादी समूह जैस–ए–मोहम्मद विरुद्ध आक्रमण गरेको थियो । आफ्नो सीमाभित्रै छिरेर भारतले आक्रमण गर्न थालेपछि बुधबार पाकिस्तानी विमानहरुले भारतको नियन्त्रित रेखा पार गरेका हुन् ।

पाकिस्तानी एफ–१६ लडाकु विमान भारतीय नाउसेरा क्षेत्रको आकाशमा देखिएपछि भारतले विमानलाई प्रतिकार गरेको थियो । भारतका चार स्थानमा राकेट प्रहार गरेको जनाइएको छ । त्यसपछि पाकिस्तानी विमान फर्किएको जनाइएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले पाकिस्तानी वायु सेना भारतमा प्रवेश नगरेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो देशले आफू नियन्त्रित क्षेत्रबाटै दोस्रो स्थानमा आक्रमण गरेको जनाए । उनले पाकिस्तान पनि आक्रमणका लागि सक्षम रहेको देखाउनका लागि आक्रमण गरेको बताए ।

पाकिस्तानले यो आक्रमण भारतले आफूमाथि गरेको आक्रमणको जवाफ नभएको बताएको छ ।