पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

1156
views

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ ।

ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले पुष्टि गरे ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो ।