मन्त्री रवीन्द्र अधिकारी सहित सबैको निधन

669
views

काठमाडौं । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ७ जनाको शव फेला परेको छ । फुङलिङ नगरपालिका–१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको शव फेला परेको हो ।

तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलिकोप्टरमा मन्त्रीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ, उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए ।