सुकेटार विमानस्थल ल्याइयो सातैवटा शव

864
views

ताप्लेजुङ, १६, फागुन । बुधबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सहित एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव दुर्घटना स्थलबाट सदरमुकाम सुकेटार विमानस्थलमा ल्याइसकिएको छ । नेपाली सेनाको टोलीले बिहीबार बिहान यहाँ सातवटै शव ल्याएको हो । शवलाई काठमाडौं ल्याउने तयारी भएको छ ।

मौसम राम्ररी खुलेलगत्तै काठमाडौं ल्याईने छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो । सातमध्ये चार जनाको शव बुधबार नै सुकेटार विमानस्थल ल्याइएको थियो । नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो ।