‘पृतनापति समन्वयात्मक बैठक २०७५’ शुभारम्भ

553
views

काठमाडौं । पृतनापति सम्मिलित पृतनापति समन्वयात्मक बैठक शुरु भएको छ । जङ्गी अड्डामा प्रधानसेनापति, पि.एस.ओज रथीबृन्द तथा पृतनापतिहरु सम्मिलित ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ शुभारम्भ भएको हो । बैठक दुई दिनसम्म सञ्चालन हुने छ ।

शुभारम्भ कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्रिय सुरक्षामा पुर्याउँदै आएको योगदानको उच्च कदर गर्नुको साथै राष्ट्रिय विकास निर्माणमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै बैठक सफलताको शुभकामना व्यक्त गरे । बैठकमा बलाधिकृत रथी हेमन्त राज कुँवरले स्वागत व्यक्त गरेका थिए ।