मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली

749
views

काठमाडौ, १७, फागुन । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौंको टुँडीखेलमा राखिएका शवमा राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर सबैलाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री अधिकारीलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कार्यक्रममा विभिन्न उच्चपदस्त व्यक्ति, प्रतिपक्ष दल नेपाली कांग्रेस र विभिन्न दलका नेताहरु, नेकपाका नेता कार्यकर्ता, सर्वसाधारणलगायतले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।