आज महाशिवरात्रीः देशैभरका शिवालयहरुमा दर्शनार्थीको भिड

700
views

काठमाडौं,२०, फागुन । यसपटकको महाशिवरात्रीमा देशैभरका शिवालयहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । महाशिवरात्री आज सोमबार परेको छ । महाशिवरात्रीमा १० लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।

पर्वका अवसरमा बिहान तीन बजे पशुपतिका चारै ढोका खुलेको पशुपति विकास कोषले जानकारी दिएका छ । पशुपतिनाथको दर्शन गर्न उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाइनको व्यवस्था मिलाइएको छ। पार्किङ स्थल सिफल, तिलगंगा र कोषको कार्यालय परिसरमा तोकिएको छ ।

महाशिवरात्री पर्व मनाउन नेपाल र भारतका थुप्रै साधुसन्त र नागाबाबा पशुपति क्षेत्रमा आएका छन् । महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।