नेकपाका अध्यक्ष प्रचण्ड अमेरिका जाँदै

1574
views

काठमाडौं ०२ चैत्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाँदैछन्। पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

प्रचण्डसँगै पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन्। दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्।
छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए।
आइतबार अमेरिका जाने निश्चित भए पनि स्वदेश फर्किने मिति भने तय भएको छैन।