नेताको गाईजात्राः एउटै सडक पटक पटक शिलान्यास

1139
views

महेन्द्र जिसी
पर्वत, १, चैत । दुई वर्ष अघि काँग्रेस नेता नवराज गुरुङले शिलान्यास गरेको कुश्मा–दुर्लुङ हुँदै क्याङ जोड्ने सडक प्रतिनिधि सभा संसद पदम गिरीले पुन शिलान्यास गरेका छन् ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर गिरीले उक्त सडकको पुन शिलान्यास गरेका हुन् । २०६५ सालमा तत्कालिक जिविस मार्फत ¥याफ थ्री परियोजना मार्फत ट्रयाक खोलिएको सडकको अहिलेसम्म तीनपटक शिलान्यास भइसकेको छ ।

पटकपटक शिलान्यास गरेर छाड्ने जिल्लाको नेतृत्वले शिलान्यास गरेर छाडिदिने प्रचलनका कारण निर्माणले गति लिन नसकेको सडक कालो पत्रेको लागि शिलान्यास गरीएको हो । दुर्लुङचोकदेखी संसद गिरीको घर पदम खोल्सीसम्म पुग्ने गरी कालोपत्रे हुन लागेको सडकको शिल्यान्स गर्दै संसद गिरीले आयोजनाले निरन्तरता पाउने बताए ।

एक करोडको लागतमा कालो पत्रे हुन लागको सडक खण्डको शिलान्यास गर्दैै गिरीले सडक सम्वृद्धिको मुख्य आधार भएका कारण आफनो कार्यकालमा जिल्लाका मुख्य सडकहरु कालो पत्रे हुने दावी समेत गरे ।

पछिल्लो समय जिल्लाका नेताहरुले सडक कालोपत्र आफनो घर सम्म पु¥याउने प्रचलन बढेको छ । यसै अनुरुप फलेवास क्षेत्रमा मन्त्री विकास लम्साल र पातीचौरमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सेनाको सडक शिलान्यासमा चासो बढेको हो ।

कार्यक्रममा कुश्मा नगर पालिका कार्यकारी प्रमुख सबास कुमार लामीछानेले कुश्मा दुलुङ सडक शिलान्यासले सम्वृद्ध कुश्माको सपना साकार पार्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक मनोहर वि पौडेल ,जिल्ला स्थित एमाले नताहरु बोलेका थिए । कुश्मा वडा नं–१० का सुजन विकको स्वागतमा सञ्चालन भएको शिलन्यास कार्यक्रम वडा तीनका अध्यक्ष तेज प्रसाद पाध्यको अध्यक्षता र सञ्चालन वडा न ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले गरेका थिए ।