बेल्जियममा सिलाई बुनाइ तालिम

1061
views

नवदृष्टि संवाददाता । युरोपमा रहेका गैरआवासिय नेपालीमहिलाहरुका लागि सीपमुलुक प्रशिक्षण कार्यक्रम आयोजना गरिन लागिएको छ । गैरआवासीय नेपाली संघ महिला फोरम राष्ट्रिय समन्वय परिषद् बेल्जियमको संयोजकत्वमा सीपमुलुक प्रशिक्षण कार्यक्रम आयोजना गरिन लागिएको एनआरएनए महिला संयोजक रजनी श्रोष्ठको भनाई छ ।

बेल्जियममा यहि आउने १० अप्रिलदेखि २५ अप्रिलसम्म १५ दिने सिलाई बुनाई सम्बन्धि तालिमको आयोजना गरिहने भएको हो ।उक्त प्रशिक्षणमा युरोपका विभिन्न देशबाट भाग लिन चाहाने इच्छुक महिला दिदी बहिनीहरुले यस तालिममा भाग लिन सक्ने छन् । त्यसका लागि संस्थाको नाम, देशको नाम, पेशा, शिक्षा, टेलिफोन, लगायत खुलाएर उक्त फम भरेर पठाउनुपर्ने हुन्छ ।

उक्त तालिममा बस्ने खाने व्यवस्था आयोजक समितिले गर्ने बताइएको छ भने तालिममा भाग लिनका लागि तालिम शुल्क वापत १५० युरो तालिम हुने ठाउँमा बुझाउन पनि फोरमले अनुरोध गरिएको छ ।