अस्पताललाई ३ लाखको फर्निचर

823
views

नवलपरासी, ६, चैत । गत फागुन २८ गते जिल्ला अस्पतालको रुपमा घोषणा भएको नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पताललाई ३ लाख बराबरको फर्निचर सहयोग गरेको छ ।

कावासोती १६ डण्डामा रहेको मध्यविन्दु हरीयाली सामुदायिक वनले कार्यालय व्यवस्थापनका लागि झण्डै साढे ३ लाख बरावरको फर्निचर सामाग्री हस्तान्तरण गरेको हो ।

मध्यविन्दु हरियाली सामुदायिक वनका अध्यक्ष रोम प्रसाद न्यौपाने सहित समितिका पदाधिकारीले मध्यविन्दु जिल्ला अस्पतालका संचालक समितिका अध्यक्ष चेत नाथ पोख्रेललाई सामान हस्तान्तरण गरेका हुन् ।