बैकल्पिक प्राकृतिक स्वस्थ जीवन गोष्ठि र स्वास्थ्य परिक्षण

953
views

सीताराम थापा
बाग्लुङ, ७, चैत । ‘स्वस्थ रहौ, निरोगी बनौ’ भन्ने मुल नाराका साथ प्राकृतिक स्वास्थ्य जीवन सम्बन्धि अभिमुखिकरण शिक्षा बागलुङको ढोरपाटनको बुर्तिवाङ, बागलुङ जिल्लाको बागलुङ बजार, जैमिनि नगरपालिकाको कुश्मिशेरामा सम्पन्न भयो ।

नेट फ्रेस कम्पनिको प्रायोजन प्राकृतिक ज्ञान ईन्टरप्राईजेज र स्थानिय महिला समुहको संयुक्त आयोजनामा स्थानिय महिला समूहको आयोजनामा सम्पन्न कार्यक्रमहरुमामा ३०० जनाको सहभागिता रहेको थियो । गोष्ठिमा मानिसको जीवन र स्वास्थ्य, स्वस्थ जिवनको समस्या, अर्गानिक र प्राकृतिक जीवन, समस्याको मुल कारण, समाधानको उपाय, स्वस्थ जिवनयापन र प्राकृतिक रोकथाम उपचार पद्दति बिषयक प्रशिक्षण दिईएको थियो ।

तालिमको प्रमुख प्रशिक्षण नेट फ्रेस नेपालका बिज्ञ समारोहका प्रमुख अतिथि गोबिन्द हुमागाई र तालिम संयोजक चेत बहादुर सरु मगरले गर्नुभएको थियो । समारोहमा बोल्दै प्रमुख प्रशिक्षक तथा बिज्ञ गोबिन्द हुमागाईले हाम्रो आनिबानि र सोच, बिषादियुक्त खाना, जलवायु परिवर्तनको स्वास्थ्यमा असर, रोगि बनिरहेको बताउदै आज जति अस्पताल र औषधालय स्वास्थ्य सेवा खुले पनि रोग र रोगि दिनानुदिन बढिरहेकोले यसमा बैकल्पिक उपायको खाजि गर्नु पर्ने बताउनुभयो । उहाँले रोग नियन्त्रण गरि औषधि सेवन गर्ने भन्दा रोग नै लाग्न नदिने नियन्त्रण अप्नाउन नेट फ्रेस नेचुरल उपचारात्मक पद्दति प्रयोग गरि पुनर्जिवन प्राप्त हुने बताउनु भयो ।

तालिमको सहजिकरण गोबिन्द हुमागाई, चेत बहादुर सारु मगर, डा. अमित शाहनिले गर्नुभएको थियो । स्थानिय नगर प्रमुख, वार्ड अध्यक्ष जनप्रतिनिधिको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन ज्ञानु थापा मगर र सहयोगि भुमिका सामाजिक अभियान्ता सीताराम थापा र सुमन भुसालले गर्नुभएको थियो ।

तालिमको पहिलो सत्र पश्चात डा.अमित साहनि र गोबिन्द हुमागाईले शारिरिक परिक्षण गरि परामर्श र प्राकृतिक उपचारको लागि रिफर गर्नुभएको थियो । सबै सहभागिहरुले नेट फ्रेस प्रा. लि. बाट उत्पादित प्राकृतिक औषधिहरु आवश्यता अनुसार लैजानुएको थियो ।