अझै उठेन मृतकको शव मणिपालबाट

एउटाको सुई अर्काेलाई लगाइदिएपछि बागलुङका परियारको मृत्यु

881
views

सीताराम थापा
पोखरा । मणिपाल शिक्षण अस्पतालमा एउटा विरामीलाई लगाउनुपर्ने सुई अकैृलाई लगाइइदिएपछि मृतयु भएका बाग्लुङका धन बहादुर परयारको शव आफन्तले बुभेका छैनन् । मणिपाल शिक्षण अस्पताल प्रशासन र मृतकका आफन्तबीच कुरा नमिल्दा शव उठ्न नउठेको हो । अस्पतालका स्वास्थ्यकर्मीले एक बिरामीलाई लगाउनुपर्ने सुई बागलुङ जैमिनि–८ का ७५ बर्षिय धन बहादुर परियारको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

घटनापछि आफन्तले क्षतिपूर्ति मागेको र अस्पताल प्रशासनले एक रुपैयाँ पनि क्षतिपूर्ति नदिने बताएपछि शब उठन नसकेको हो । गएको मंगलबार बाग्लुङको जैमिनी नगरपालिका ८, ढकालबारीका ७५ वर्षीय धनराज परियारको उपचारको क्रममा अस्पतालमै निधन भएको थियो ।

आफन्तले शव उठाउन नमानेपछि बुधबार र बिहीबार अस्पताल प्रशासन र मृतकका आफन्तहरुबीच पटक–पटक वार्ता भएको थियो । वार्ताको क्रममा अस्पताल प्रशासनकोतर्फबाट वार्तामा बसेका अस्पतालका निर्देशक ए.एल शर्माले क्षतिपूर्ति नदिने तर अस्पतालमा लागेको खर्च र एम्बुलेन्स खर्च दिने प्रस्ताव गरेका थिए ।

डा. शर्माले गलत औषधीले मृत्यु भएको प्रमाण भए अदालत जान भन्दै चेतावनी दिएको तर क्षतिपूर्तिको ठाउँमा अस्पतालले मृतक परियारको उपचार खर्च देखि पोष्टमार्टम खर्च र एम्बुलेन्स खर्च व्यहोरिदिने शर्तमा शव लैजान भनेको र आफन्तले नमानेपछि शव अस्पतालमै रहेको हो ।

बाग्लुङको जैमिनी नगरपालिका ८, ढकालबारीका ७५ वर्षीय धनराज परियार खोकी लाग्ने र टाउको दुखेपछि उपचारको लागि मनिपाल अस्पताल आएका थिए । उनको साथमा आएका छोरा केशवका अनुसार अस्पताल आउनासाथ धनबहादुरलाई ईमरजेन्सी कक्षमा राखियो । त्यहाँ ईसिजी गराईयो, रिपोर्टमा भने केहि देखिएन । त्यसपछि परियारलाई डाक्टरहरुले ओपिडीमा पठाए । राती करिब ८ः३० बजे ओपिडीमा नै धनबहादुरको निधन भएको थियो ।

मृतकका छोरा केशव परियारका अनुसार ‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको बेडमा रहेका अर्को बिरामीको लागि ल्याइएको सुई उनकै बेडबाट निकालेर बुबालाई लगाएकाले बुबाको मृत्यु भएको बताउँदै भने ‘सुई लगाउनासाथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनुभयो र दुई मिनेटमै उहाँको निधन भयो ।’

स्वास्थ्यकर्मीले अर्काको लागि राखिएको सुई पितालाई लगाएको कुरुवा बसेकी बहिनी बिमलाले देखेको र सुई लगाएपछि स्वास्थ्यकर्मीहरु पनि जिब्रो निकाल्दै बाहिर निस्केको उनले बताईन् ।

यता गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पनि मणिपाल अस्पताल पुगेर मृतक परिवारलाई भेटेका छन् सांसद थापाका अनुसार ५० हजार रुपैयाँ अस्पतालले दिने कुराकानी मात्र भएको छ । ‘५० हजारसम्म दिने भनेको छ रे, गलत औषधीकै रियाक्सनका कारण बिरामीको मृत्यु भएको हो, अस्पतालले धम्कीको भाषा बोल्दै अदालत जान भन्छ, यो देशमा न्याय पनि नपाईने भयो ।’