यस्तो छ पर्वतमा सडक खाना महोत्सवको तयारी

823
views

पर्वत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख २ गते सम्म सडक खानो महोत्सव हुन लागेको हो । महोत्सको तयारी तिव्र पारिएको छ ।

नयाँ बर्षलाई हर्षोउल्लासका साथ मनाउन र जिल्लामा लुकेर कलासस्कृतिको उजागर, पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादीत चिजहरुबाट बनेको मौलिक खानाहरुको प्रर्वद्धन गर्नका लागि महोत्सव आयोजना गरिएको पर्वत जेसिजका पुर्व अध्यक्ष एवम् महोत्सवका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

सडक महोत्सवबाट विविध जातीको मौलिक परिकारहरुको प्रवद्र्धन, धौलागिरि अञ्चलको धार्मिक तथा पर्यटकियस्थलहरुको पर्यटन प्रवद्र्धन, जिल्ला कलासस्कृतिको विकासका लागि आयोजना गरिएको महोत्सवलाई सफल बनाउन प्रचारप्रसारलाई तिव्रता दिएको पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यले जानकारी दिए ।