सरकार र विप्लव समुहबीच वार्ता हुनुपर्दछ–देउवा

1097
views

भीमदत्तनगर, ३, वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन् । सरकारले सो समुहलाई वार्ताका माध्यमबाट मुलधारमा ल्याउन आग्रह गरेका हुन् ।

विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याए मात्र मुलुकमा शान्ति सुरक्षा कायम हुने भन्दै सभापति देउवाले भने ‘सरकारले दुई तिहाइको बलमा जे पनि गर्न मिल्दैन् ’

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाए । देउवाले विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोजेको बताए ।