सरकारी जग्गा कीर्ते गर्नेलाई कार्वाही–मन्त्री बाँस्कोटा

649
views

भैरहवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा गराउनेलाई सरकारले कुनैपनि हालतमा नछाड्ने बताएका छन् ।

रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटार छेउको ललीता निवासको सरकारी जग्गा कीर्ते गर्नेको नियत नै खराब भएकोले सरकारले नछाड्ने चेतावनी दिएका हुन् ।

मन्त्री बाँस्कोटाले भने, ‘सरकारी जग्गा दुरुपयोग गर्ने कोही कसैप्रति कुनै पद वा ओहदाप्रति, कुनै दल वा विचारप्रति सरकार नतमस्तक हुन सक्दैन, हामी त्यसमा कठोर हुन्छौं, हामी कारबाही गर्छौं ।’सरकारी जग्गामा क–कसले कीर्ते गरे छानबिन हुन्छ र कार्वाही पनि ।