मेरोमाइक्रोफाइनान्सको मोटिभेस्नल तालिम

769
views

नेपालगञ्ज । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखाका फिल्ड कर्मचारीहरुलाई मोटिभेस्नल तालिम दिएको छ । सो तालिम बाँकेको नेपालगञ्जमाभएको थियो ।

तालिमको सञ्चालक बद्रि प्रसाद पुडासैनी तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संयुक्त रुपमा समुद्घाटन गरे । तालिममा संस्थाका कर्पोरेट कार्यालयका कर्मचारी सहित मुख्यत पश्चिमाञ्चलमा कार्यरत कर्मचारीहरु सरिक १ सय १५ जनाले सहभागिता जनाएका थिए ।

उक्त तालिम दुई दिनसम्म सञ्चालित थियो । तालिममा मोटिभेस्नल स्पिकर तथा लाइफ कोच सुदीप बस्नेत र डा. योगी विकासानन्दले कर्मचारीहरुलाई उत्प्रेरणा दिनुका साथै कर्मचारीहरुको कार्य सम्पादनमा संगठनको प्रभावकारी बनाउने र ब्यक्तिमा सकारात्मक सोचको बिकास बारे प्रशिक्षण दिएका थिए ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी देशका ४८ जिल्लामा ९२ शाखा कार्यालय मार्फत ९१ हजार भन्दा बढी विपन्न परिवारहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।